सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ ले बढेर ९३ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ।
स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार ७०० रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९७० रुपैयाँमा पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।