अफगान रोजगारीः दलाल मोटाउने,कामदार शोषणमा
०४ असोज २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
अफगान रोजगारीः दलाल मोटाउने,कामदार शोषणमा

राम्रो पारिश्रमिक पाइने आश्वासन पाएपछि दैलेख नगरपालिका–७ का जनबहादुर खत्री दलाललाई १२ लाख रूपैयाँ बुझाएर अफगानिस्तान गए। नेपाली सेनाको जागिर छाडेर आएको पैसा दलाल वासुदेव ओलीलाई बुझाएर उनी अफगास्तिान गएका थिए। तर त्यहाँ पुगेको केही महिनामै तालिबानले अफगानिस्तान कब्जा गरेपछि खत्री कमाइबिना घर फर्किएको बताउँछन्।  

त्यस्तै, दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेका सानोडुम्बा–७, भोजपुरका राजकुमार राई पनि केही दिनअघि घर फर्किएका छन्। रोजगारीका लागि अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि दलाललाई दिएको रकम कसरी असुल गर्ने भन्ने समस्या परेको उनको भनाइ छ। राईले पनि सुर्खेतका ओलीलाई नै त्यो रकम बुझाएको बताए।  

‘नेपाली सेनाबाटै रिटायर्ड भएको र केही समय पहिला अफगानिस्तान पुगिसकेको हुँदा विश्वासले ओलीलाई त्यति धेरै रकम दिएको थिएँ,’ राईले भने, ‘त्यही विश्वासमा पर्दा अहिले पश्चाताप भइरहेको छ।’ अफगानिस्तान रोजगारीको लोभले ठूलो रकम गुमाउने खत्री र राई उदाहरण मात्र हुन्।  

अफगानिस्तानमा रहेका अमेरिकी, बेलायती, क्यानेडियन तथा संयुक्त राष्ट्र संघका कार्यालयमा सुरक्षा गार्डको रूपमा काम गर्दा राम्रो पारिश्रमिक पाइने दलालको लोभमा पर्दा घर न घाटको भएको कैयौं पीडित गुनासो गर्छन्। ‘दलालले अमेरिकी, बेलायती, क्यानेडियन तथा संयुक्त राष्ट्र संघीय कार्यालयमा सुरक्षा गार्डको काममा लगाइदिने भन्दै अफगानिस्तान पुर्‍याएर होटल, रेस्टुरेन्टमा पनि लगाउने गरेका थिए,’ राईले भने, ‘जसले गर्दा कैयौंले सुरुमा भनिए अनुसारको पारिश्रमिक नै पाएनन्।’ भनिए अनुसार पारिश्रमिक नपाउने समस्या तालिबानले अफगानिस्तान कब्जा गर्नुअघिदेखि कै भएको उनको भनाइ छ। अर्का पीडित खत्रीले अफगानिस्तान रोजगारीको नाममा ठगिनेमा धेरैजसो प्रहरी र सेनाबाट अवकाश पाएका वा जागिर छाडेकाहरू रहेको बताए।  

राई र खत्रीलाई अफगानिस्तान पठाएका सुर्खेतका ओलीले मात्र दुई दर्जन बढीलाई ठगेको उनीहरूको भनाइ छ। ‘ओलीले पठाएकामध्ये ६ जना १४ दिनमा र १५ जना तीन महिना काम गरेर फर्केको भेटिएका छन्,’ खत्री र राईले भने, ‘यीबाहेक अन्यलाई पनि प्रलोभन देखाएर अफगानिस्तान पठाएको बुझिएको छ।’  

अफगानिस्तान रोजगारीको नाममा थुप्रै ठगीमा परेको र यसको फाइदा दलालले मात्र उठाएको पीडितको भनाइ छ। दलालले अफगानिस्तान जाने जतिलाई दुबई लगायत अन्य मुलुकको भिजिट भिसामा लैजाने र त्यसपछि काबुल उडाउने गरेको पाइएको छ। ‘मलाई पनि काठमाडौंबाट दुबई उडाएर अफगानिस्तान पुर्‍याएका हुन्,’ राईले भने। नेपालबाट उडाउने बेला चाँडै अफगानिस्तान पुर्‍याउने भने पनि दुबई लगायत ट्रान्जिटमा महिनौंसम्म राख्ने गरेको पीडित बताउँछन्।  

ओलीले मासिक एक हजार अमेरिकी डलर पारिश्रमिक पाइने र नेपालबाट उडेको एक सातामै जागिर पाइने भन्दै राईलाई प्रलोभन दिएर अफगानिस्तान पठाएका थिए। तर गएको फागुन १५ मा नेपालबाट उडेका राईले साउन अन्तिम साता मात्र काबुल पुग्न सकेको गुनासो गरे। 

पुगेको केही समयपछि उनलाई प्रतिदिन ३१ अमेरिकी डलर पारिश्रमिक दिने गरी काबुलको होटल रोयल पार्कमा गार्डको काम दिइएको थियो। नेपालबाट अफगानिस्तान लैजाँदा ओलीले क्यानेडियन राजदूतावासमा काम गर्ने र मासिक एक हजार अमेरिकी डलर बढी पारिश्रमिक पाइने प्रलोभन दिएका थिए।  

दलालले रोजगारीका लागि अफगानिस्तान जानेसँग प्रतिव्यक्ति १२÷१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिने गरेको तथ्य खुलेको पीडितले बताए। ‘तालिबानी आक्रमणपछि घर फर्कनुपर्दा कामदार मगाउने कम्पनीसँग हाम्रो लगानी के हुने भन्नेबारे कुरा उठायौं,’ खत्रीले भने, ‘त्यो बेला त उल्टै बेलायती कम्पनीले प्रतिव्यक्ति पाँच सय अमरेकी डलर दलाललाई दिएको पो जानकारी दियो।’  

पीडितका अनुसार अफगानिस्तानबाट रोजगारीका लागि कामदार माग गर्दा दलाललाई कमिसन दिने गरिए पनि दलालले भने नेपालबाट कामदार पठाउँदा कम्तीमा प्रतिव्यक्ति १० लाख रूपैयाँभन्दा बढी असुल गर्ने गरेका थिए। दलाली गर्नेमा धेरैजसो राजनीति व्यक्तिसँग पहुँच बनाएका र शक्ति केन्द्रलाई चन्दा दिनेहरू धेरै रहेको पीडितहरूको भनाइ छ।  

काबुलबाट नौ सय ४० फर्किए

रोजगारीको लागि अफगानिस्तानमा दुई हजार बढी नेपाली रहेको अनुमान गरिए पनि हालसम्म नौ सय ४० मात्र स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार काबुलबाट घर फर्कन ३४ नेपाली उडानको प्रतीक्षामा छन्।  

मन्त्रालयका अधिकारीहरू सम्पर्कमा रहेका जति काबुलबाट फर्किसकेको र थोरै मात्र फर्कन बाँकी रहेको बताउँछन्। कोही नेपालीले लुकीछिपी काम गरिरहेको भए सोधखोज गरी उद्धार गर्ने कार्य जारी रहने बताइएको छ। यद्यपि अफगानिस्तानबाट फर्केकाहरू भने होटल, रेस्टुरेन्ट तथा अन्य निकायमा काम गर्ने नेपाली अझै राजधानी काबुल र आसपासका क्षेत्रमा हुन सक्ने अनुमान गर्छन्।  

खासगरी अफगानिस्तानमा रहेका अमेरिकी, बेलायती, क्यानेडियन राजदूताबास र संयुक्त राष्ट्र संघीय कार्यालयमा काम गर्ने नेपाली फर्केको बताइन्छ। अमेरिकी, बेलायती, जर्मनी सेना फिर्ता हुँदा नेपाली सुरक्षा गार्डको पनि उनीहरूले नै उद्धार गरी घर फर्कन सहयोग गरेका थिए। राईको समूहलाई जर्मनीको सैनिक उद्धार गरेको बताए।

अमेरिकी सेनाले उद्धार गरेकालाई काठमाडौंबाट पुर्‍याइएको थियो। अफगानिस्तानबाट फर्केकाहरू दलालले जथाभावी नेपालीलाई अफगानिस्तान पुर्‍याएकाले त्यहाँ कति नेपाली छन् भन्ने यकिन तथ्यांक थाहा नहुने बताउँछन्।  

वैदेशिक रोजगार विभागका अनुसार दुई वर्षयता अफगानिस्तान जान करिब दुई हजार एक सयले श्रम स्वीकृति लिएका छन्। दलालमार्फत जानेको भने विवरण नभएको विभागले जनाएको छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहेका नेपालीको संख्या सधैं अन्योल हुने गर्छ। जसले गर्दा वैदेशिक रोजगारीको क्रममा समस्या पर्‍यो भने नेपालीलाई उद्धार गर्न वा सुरक्षित गन्तव्यमा सार्न समस्या हुँदै आएको छ। 

लोकप्रिय
अर्को समाचार
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ
३० फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
वैदेशिक रोजगार विभागका नायब सुब्बा पन्ध्र हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग, ताहाचल, मा कार्यरत नायब सुब्बा प्रमोद निरौला पन्ध्र हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको  पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको छ।

निरौलामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस