स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। तोलामा नै एक हजार १ सय रुपैयाँले मङ्गलबार बढेको सुन आज भने झिनो अङ्कका साथ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६ सय५० रुपैयाँमा कारोवार भएको थियो। यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ।
एक हजार ३ सय६० रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय४५ रुपैयाँ मूल्य निर्धारण भएको छ। रासस
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा ३०० रुपैयाँले बढी हो। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने सस्तिएको छ। सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।