एक जोर लुगाको लोभमा पर्दा...
०२ फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
एक जोर लुगाको लोभमा पर्दा...

अर्काको जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएका मुख्य अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफू फसेको बयान दिएका छन्। पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफू काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोबारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेबापत एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन्।

‘साहुले भनेपछि नाइँ भन्न सकिनँ,’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘वाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन्।’ कार्कीका अनुसार असार ५ गते तीनैजना वीरेन्द्रनगर–१ स्थित घरमा आएर जग्गा तपाईंको नाममा गरिदिन्छौं, त्यसबापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए। ‘असार ८ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पुर्‍याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो।’

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको ३१११ कित्ता नम्बरको ६ कट्ठा जमिन असार ८ गते एकै दिन वडादेखि मालपोतसम्म फाइल पुर्‍याएर कार्कीको नाममा दर्ता गरिएको थियो। ‘आम सर्वसाधारणलाई जमिन किनबेच गर्न महिनौं समय लाग्छ,’ अनुसन्धान अधिकारीसमेत रहेका प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘यो घटनामा भने एकै दिन वडादेखि मालपोतससम्मको काम सकेर जमिन नामसारी गरिएको छ।’  

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालीन प्रमुख लक्ष्मी खत्री, नायब सुब्बा विश्वरूप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा खरिदकर्ता सहवीर कार्की, कारोबारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायणबहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दर्ता गरेको थियो।

तीमध्ये कार्की र कम्प्युटर अपरेटर राना पुर्पक्षका लागि थुनामा छन्। मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठ जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यबाहक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारी जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्री दुई–दुई लाख धरौटीमा छुटेका छन्। अन्य सरकारी कर्मचारी र जग्गा कारोबारी भने फरार छन्।

प्रहरीका अनुसार बुढाको बाख्रा फर्ममा काम गर्ने कार्कीसँग वीरेन्द्रनगरमा एक टुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन। दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए। जग्गा दलालहरूले असार ८ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरूलाई बिक्री गरेका थिए।  

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ।’ उनले मूल जग्गाधनीलाई आफूले नचिनेको बताएका छन्। ‘वडादेखि मालपोतसम्म कहीँ पनि मूल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीले नै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिले नै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ।’ प्रहरीका अनुसार आफू काम गर्ने फर्मका सञ्चालकको कुरा काट्न नसकेर कार्की यो अपराधमा संलग्न भएका हुन्।

लोकप्रिय
अर्को समाचार
एक जोर लुगाको लोभमा पर्दा...
२९ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
एक जोर लुगाको लोभमा पर्दा...

अर्काको जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएका मुख्य अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफु फसेको बयान दिएका छन् । पुर्पक्षका लागि थुनामा रहेका कार्कीले आफु काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेशबहादुर बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफुलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन् ।

‘साहुले भनेपछि नाई भन्न सकिनँ,’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘बाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन् ।’ कार्कीका अनुसार असार पाँच गते तीनै जना वीरेन्द्रनगर–१ स्थित घरमा आएर जग्गा तपाईको नाममा गरिदिन्छौं, त्यसवापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए । ‘असार आठ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पु¥याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते एकैदिन वडादेखि मालपोतसम्म फाइल पु¥याएर कार्कीको नाममा दर्ता गरिएको थियो । ‘आम सर्वसाधारणलाई जमिन किनबेच गर्न महिनौं समय लाग्छ,’ अनुसन्धान अधिकारीसमेत रहेका प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘यो घटनामा भने एकै दिन वडादेखि मालपोतससम्मको काम सकेर जमिन नामसारी गरिएको छ ।’  

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, नायव सुब्बा विश्वरुप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा ख।िदकर्ता सहवीर कार्की, जग्गा कारोवारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायण बहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्धा दर्ता गरेको थियो ।

ति मध्ये कार्की र कम्प्युटर अपरेटर राना पुर्पक्षका लागि थुनामा छन् । मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठ जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारी जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्री दुई–दुई लाख धरौटीमा छुटेका छन् । अन्य सरकारी कर्मचारी र जग्गा कारोवारीहरु भने फरार छन् ।

प्रहरीका अनुसार बुढाको बाख्रा फर्ममा काम गर्ने कार्कीसँग वीरेन्द्रनगरमा एक छुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन् । दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए । जग्गा दलालहरुले असार आठ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरुलाई विक्री गरेका थिए ।  

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ ।’ उनले मुल जग्गाधनीलाई आफुले नचिनेको बताएका छन् । ‘वडादेखि मालपोतसम्म कहीँ पनि मुल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीलेनै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिलेनै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ ।’ प्रहरीका अनुसार आफु काम गर्ने फर्मका सञ्चालकको कुरा काट्न नसकेर कार्की यो अपराधमा संलग्न भएका हुन् ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस