नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब रुपैयाँभन्दा धेरै रकमको बिजुली आयात गर्न नपर्ने बताउँछन् । ‘अहिले पिक आवरमा बाहेक अन्य समयमा भारतबाट बिजुली आयात गरिँदैन । त्यसैले बर्खा सुरु भएसँगै बिजुली छेलोखेलो पुग्छ । त्यसैले, बिजुली आयात घट्दै आइरहेको छ,’ उनले भने, ‘बिजुली माग घटेसँगै बिजुली आयात घटाउँदै आएका छौं ।’ नेपाल विद्युत् प्राधिकरणले भारतको विभिन्न ११ वटा प्रसारण लाइनबाट बिजुली आयात गरिरहेको छ ।
प्राधिकरणले गत आर्थिक वर्षमा भारत र निजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धकबाट ३८ अर्ब रुपैयाँको बिजुली खरिद गरेको थियो । ३८ अर्ब ९६ करोड रुपैयाँमध्ये करिब २२ अर्बको भारत र निजी क्षेत्रका जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीबाट खरिद गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म ३९ अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली खरिद गर्ने प्रक्षेपण गरेको छ ।
प्रबन्ध निर्देशक घिसिङले अहिले १२ अर्ब भारतीय बजारबाहेक अन्य स्वदेशी जलविद्युत् प्रवद्र्धक कम्पनीबाट खरिद हुने बताए । प्राधिकरणले पिक आवरमा भारतबाट करिब एक सय मेगावाट बिजुली आयात गरिरहेको छ । प्राधिकरणका अनुसार रातको समयमा बिजुली खेर गइरहेको छ ।
प्रबन्ध निर्देशक घिसिङले बिजुली आयात क्रमशः घटिरहेको बताए । ‘हामी बिजुलीमा विस्तारै आत्मनिर्भर हुँदैछौं, त्यसैले आयात घटिरहेको छ,’ घिसिङले भने, ‘माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ ।’
कोरोना भाइरस संक्रमणको कारणले उद्योग कलकारखाना ठप्पजस्तै रहेकोले बिजुलीको माग क्रमशः घटेको छ । यसअघि प्राधिकरणले११ वटा भारतीय अन्तरदेशीय प्रसारण लाइनबाट चार सय ५० मेगावाटसम्म बिजुली आयात गथ्र्याे ।
प्राधिकरणका अनुसार लकडाउन नहुँदासम्म दैनिक पिक आवरमा एक हजार दुई सय मेगावाट माग थियो । अहिले बिजुलीको माग घटेर अघिल्लो मंगलबार नौ सयदेखि एक हजार मेगावाटमा सीमित भएको प्राधिकरणले जनायो । अहिले दैनिक २० हजार मेगावाट आवर बिजुली माग छ ।
सरकारले गत आर्थिक वर्षको तुलनामा विद्युत् उत्पादन ८.३ प्रतिशतले बढेको जनाएको छ । हाल कुल जडित क्षमता १३ सय ५५ मेगावाट छ । नेपाल विद्युत् प्राधिकरण मातहत ६ सय ३५ मेगावाट र निजी क्षेत्रबाट ६ सय ६१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
चालु आवको आठ महिनामा प्राधिकरण र निजी क्षेत्रबाट एक सय ९२.९ मेगावाट बिजुली उत्पादन भएको छ । चालु आर्थिक वर्षमा भारतबाट बिजुली आयात स्वात्तै घटेको छ । गत आर्थिक वर्षमा २८ सय १३ गिगावाट आवर बिजुली आयात भएकोमा चालु आवको फागुनसम्म १४ सय ६८ गिगावाट आवर आयात भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक वर्ष बिजुली आयात
०७१/७२ ९ अर्ब ६६ करोड
०७२/७३ १३ अर्ब १२ करोड
०७३/७४ १६ अर्ब ५८ करोड
०७४/७५ १४ अर्ब ६७ करोड
०७५/७६ २१ अर्ब ३१ करोड
०७६/७७ १२ अर्ब (अनुमानित प्रक्षेपण)
स्रोत : नेपाल विद्युत् प्राधिकरण

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।