सुनको मूल्य आज तोलाको एक हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजारले घटेको हो।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रु दुई हजार बढेको हो।
बिहीबार प्रतितोला रु एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु २० बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार हुनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।