स्थानीय बजारमा सुनको मूल्य आज २ हजारले बढेको छ। बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज १ लाख ३६ हजार ५ सयमा कारोबार भइरहेको छ।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन अहिलेसम्मकै रेर्कड हो। यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ।
अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन ४ सयले बढेको थियो। जसमा प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो।
वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ।
आइतबार प्रतितोला १ हजार ६६० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १ हजार ६६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।