धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
२० फागुन २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

जनकपुरधाममा धार्मिक पर्यटन  प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।

होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दा बढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटक नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गरेका हुन्।

अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताए।

दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी संघ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताए। अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए।

त्यस्तै त्यहाँका ‘टुर्स एन्ड ट्राभल्स एजेन्ट’ सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन्। अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गरेका थिए। –रासस

अर्को समाचार
मिथिला पेन्टिङ : जसले मञ्जुलालाई घुम्टोदेखि अमेरिकासम्म पुर्‍यायो
२६ चैत्र २०८०
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
मिथिला पेन्टिङ : जसले मञ्जुलालाई घुम्टोदेखि अमेरिकासम्म पुर्‍यायो

विसं २०४३ तिरको कुरा थियो। मधेसको बन्द समाज। महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन। समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किँदै थिइन्। जनकपुरधामकी मञ्जुला ठाकुर। खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन। त्यहीँ बेला १२ वर्षकै उमेरमा उनको विवाह भयो। समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकिनसकी माइतीको इज्जत र पोइलीघरको जिम्मेवारी धान्नैपर्ने भयो।  

‘कलिलै उमेरमा जिम्मेवारी थपियो। जानेको केही थिइनँ। त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो। के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि ! तर पनि बाँच्नु त पर्‍यो’,उनले त्यो समय सम्झिँदै भनिन्।

मञ्जुलाको उमङ्गविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो। जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो। 

‘२०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सकिनन्। अर्ध घुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो। केही समय घरमै बसेर आफ्नो कलालाई निखारे पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ। त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो। मलाई पनि सुरुमा त्यस्तै भयो। तर हिम्मत हारिन। बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ् गर्न थाल्यौँ’, मञ्जुलाले त्यो समय सम्झिन्,‘सुरुमा गाह्रै भयो। गाउँघरको मान्छे कुरा काट्थे। कता जान्छे ? के गर्छे ? अरुसँग किन हिँड्छे ? जस्ता अनेक लाञ्छनासहितका प्रश्नले उडाउँथे। तर त्यसको कुनै प्रवाह गरिनँ’,उनले सुनाइन्।

समय परिवर्तन हुँदै गयो। काम गर्दै जाँदा पैसा आउन थाल्यो। आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो। गृहिणीको पहिचान कलाकर्मीमा बदलियो। त्यसपछि परिवारबाट समेत थप साथ पाउन थालिन् उनले। त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो। अर्थोपार्जन भयो। समाजको भरोसा थपियो। अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो।  

मञ्जुला भन्छिन्,‘मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरु थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ। आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि !’

कुनै बेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याई नभ्याई भयो। आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुगिन्। त्यो क्षण सम्झिँदै उनी भन्छिन्,‘त्यसबेलाको मधेसी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिदा पनि नमिठो लाग्छ। मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिन होला। घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि। अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ। अब उहाँहरू अगाडि आउनुपर्छ। त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ।’

मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेसको मुस्लिम समाजको याद आउँछ। त्यसमा पनि श्रीमान् गुमाएकी एउटा नारीको अवस्था। तर त्यसलाई चिरेर अगाडि बढिन्। जनकपुरधाम उपमहानगरपालिका-४ शान्तिनगरकी मुन्नी खातुन। छ छोरी र एक छोराकी आमा मुन्निको जीवनमा एकाएक बज्रपात भयो। २७ वर्षअघि श्रीमान् बिते।

एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर उनीमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो। विकल्पहरू केही थिएनन्। ‘हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन् ! घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो। मेरो सीपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको नारी विकास केन्द्रले दियो’, खातुनले भनिन्,‘धन्न त्यो बेला छ सात सयमा परिवार चल्थ्यो। अहिले त जति पैसा भए पनि पुग्दैन। त्यसमा पनि पेन्टिङको कुनै मूल्य नै छैन जस्तो लाग्छ।’

खातुनले यहीँ पेशाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको बिहेसम्म गरिदिएको सुनाइन्। उनी भन्छिन्,‘हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो। यदि यो सीप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थेँ होला ? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो।’

जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो। यहीँ कलाले उनलाई बेल्जियम, अमेरिका, काठमाडौँ लगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो। त्यसबाट आएको पैसाले परिवारको लालन पालनमा सहयोग पुग्यो।

‘म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु। अप्ठ्यारो त जुनसुकै पेसामा हुन्छ नै। तर यहीँ पेसाले म जस्ता तमाम नारीलाई नयाँ पहिचान दियो। देश दुनियाँ हेर्ने अवसर दियो’,उनी भन्छिन्, ‘आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ। अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउन योजना छ।’

कर्णलाई मिथिला चित्रकलाप्रतिको लगाव भने उनकी आमाले जागृत गराएकी हुन्। त्यसलाई निखार्ने अवसर भने जनकपुर नारी विकास केन्द्रले दिएको हो। ‘म बच्चादेखि नै यो कलामा लागेको हो। मेरो आमाले चाडपर्वमा गोबर, चामलको पिठोबाट परम्परागत चित्रकला बनाउँथिन। त्यहीँ बेलादेखि चित्रकला सिक्ने भोक जोगको हो। नारी विकास केन्द्रले त्यसलाई निखार्न अभिप्रेरित गर्‍यो। त्यसको प्रस्थान बिन्दु भने २०५० साल थियो’,कर्णले भनिन्।

सो संस्थाले त्यस वर्ष ६३ जनालाई सहभागी गराएर चित्रकला प्रदर्शनीसहित अन्तर्वार्ता लिँदा त्यसबाट उत्कृष्ट प्रतिस्पर्धीका रूपमा छनोट भएर काम सुरु गरेको कर्णले जानकारी दिइन्। त्यसपछि नै उनको व्यावसायिक जीवन सुरु भएको हो। उनले छ महिनामै शाखाको व्यवस्थापक र मास्टर आर्टिस्ट, पछि संस्थाको सचिव, कोषाध्यक्ष र अध्यक्ष हुँदै २२ वर्षसम्म त्यहाँ काम गरेको स्मरण गरिन्। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि बनिन्।

जनकपुरधाम–१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आएकी छिन्। निर्जीव वस्तुमा कोर्ने यहीँ चित्रकलाले आफ्नो जीवनलाई नै जीवन्त बनाइदिएको उनको बुझाई छ। ‘यहीँ काम गरेर आफ्नो पहिचान बनाए। थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो। यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो’,उनले भनिन्।

अरुणा हिङमाङ अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य हुन्। प्रतिष्ठानको हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजकसमेत रहेकी उनी मिथिला चित्रकलामार्फत समाज परिवर्तन, विद्रोह, समाजका सुसुप्त आवाज,नारी समानताको वकालत गर्ने नारीवादी चित्रकारका रुपमा चिनिन्छिन्। 

हिङमाङ यहीँ कारणले आफूलाई प्रतिष्ठित संस्थाको प्राज्ञ बनाएको बताउँछिन्। ‘चित्रकला भनेको सौन्दर्य र सजावटका लागि मात्रै होइन यो समाज परिवर्तनका लागि आवाज उठाउने सशक्त माध्यम पनि हो। मिथिला चित्रकला त यहाँका सीमान्त नारीहरूमा सुसुप्तरूपमा रहेको बिद्रोहको चेतनालाई प्रस्फुटित गर्दै आर्थिक, सामाजिक र नेतृत्व क्षमता विकासमा टेवा पुर्‍याउने आधार पनि हो’, हिङमाङले भनिन्। 

ललितकलाले पनि अनुसन्धान, सिर्जना र सम्मानका खातिर काम गर्दै आएको र आफ्नो उपस्थितिपछि मधेशका चित्रकारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको बताइन्।

‘यहाँको कलालाई थप प्रवर्द्धन गर्न पहिलो पटक (यही चैत २ देखि ५ गतेसम्म) ललितकला प्रदर्शनी सम्पन्न गरेका छौँ। त्यसले यहाँका प्रतिभाहरूको सिर्जनाको सम्मान र नारीहरूलाई थप क्रियाशील हुन सहयोग गरेको छ। आगामी दिनमा पनि थप कार्यक्रम ल्याएर यहाँका महिलाहरूलाई आर्थिक रूपमा टेवा पुग्ने गरी सीप निखार्ने खालका कार्यक्रम ल्याउने योजना छ’,उनले भनिन्।

हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो। त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सीपसँग परिचित छन्। त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ता भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरु भएको यो मौलिक सभ्यतालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन्।

शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घर आँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो। विसं २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ। त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ। विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेसको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ।

‘घुम्टो उघारेर अमेरिकासम्म पुग्ने। आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भीकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ’,मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिएका डा.राजेन्द्र विमल भन्छन्,‘मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको सङ्गम हो। यसले मैथिल सभ्यता बोल्छ। यहाँको लोक जीवन बोक्छ। नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रुपलाई शब्द चित्रमा ओकल्छ।’

यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरुवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा.विमलको पनि भनाइ छ। ‘मिथिला चित्रकला यहाँका नारी, समाज र लोक आस्थालाई छुट्याउन सकिँदैन। त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन्। तर त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त आधार तय गर्ने कामचाहिँ त्यहीँ केन्द्रले गरेको हो।’

जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिवन अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न  केन्द्रले ठूलो सहयोग गरेको बताउँछन्। विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्व जगतमा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यहीँ संस्थाले जग निर्माण गरिदिएको उनको भनाइ छ।

‘मैथिल नारीहरूसँग केही न केही सीप छ। तर त्यसमा निखार र प्रचारको अभाव थियो। मिथिला चित्रकला, हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता भरेर आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले महिलालाई सशक्तीकरण गर्न हाम्रा अग्रजहरूले यो संस्था निर्माण गरेका थिए। त्यसको निरन्तरता दिइरहेका छौँ’, उनी भन्छन्,‘तर यसलाई समयसापेक्ष विकासका लागि हामीले मात्रै चाहेर धेरै कुरा हुने अवस्था छैन।’

नेपालको मौलिक मिथिला पेन्टिङको माध्यमबाट संसारमा चिनाउने र नारी समानता तथा स्वावलम्बनका लागि महत्त्वपूर्ण योगदान गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि सामूहिक पहलकदमी जरुरी छ।

टीकाराम सुनार र चन्द्रदेव साह/रासस

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस