पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली बेपत्ता भएको आशंका गरिएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकको चुचुरोमा हिमपहिरो गएको थियो। त्यसबेलादेखि टोलीसँग कुनै पनि प्रकारको सम्पर्क हुन सकेको छैन।
बेपत्ता भएको आशंका गरिएको उक्त समूहमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र छ जना नेपाली पर्वतारोही रहेका छन्। अभियानका नेता पुर्जाले सन् २०१९ मा छ महिनाभन्दा कम समयमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्वभर ख्याति कमाएका थिए।
मौसमले साथ दिएमा बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पिकलाई आरोहणका लागि विश्वकै अत्यन्त चुनौतीपूर्ण र जटिल हिमालहरूमध्ये एक मानिन्छ।
पाकिस्तानको अल्पाइन क्लबले एक विज्ञप्ति जारी गर्दै ‘तत्काल खोज र उद्धार अभियान’ सुरु गर्न सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न हरसम्भव प्रयास गरिएको र उपलब्ध सबै स्रोतसाधन सकेसम्म चाँडो परिचालन गरिएको जनाएको छ।
क्लबले भन्यो, ‘सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको निम्ति प्रार्थना गर्दछौँ र यस कठिन समयमा उनीहरूको परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धतामा उभिएका छौँ।’
पुर्जाले सन् २००३ मा बेलायती सेनामा सेवा सुरु गरेका थिए भने सन् २००९ मा रोयल मरिन बनेका थिए। उनले सन् २०१८ मा उच्च जोखिमपूर्ण वातावरणमा असाधारण सैन्य सेवा पुर्याए बापत महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ सम्मान प्राप्त गरेका थिए। साथै, नेटफ्लिक्स वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ मा अभिनय गरेर उनी विश्वभर झन् लोकप्रिय बनेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्डको राजधानी डब्लिन आइपुगेका छन्।
डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पराजुलीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो। उनी आइतबार साँझ डब्लिन पुग्दा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।
सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्रहरू आयोजना गरिनेछन्। यस वर्षको सम्मेलनले विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेको छ।
महिला केन्द्रित सत्रहरूमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचका विषयमा छलफल गरिनेछ। त्यसैगरी, युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रहरूले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धमा केन्द्रित रहनेछन्।
हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीहरूको सहभागिता सुनिश्चित भइसकेको छ भने कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।
सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई एक साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भइसकेको छ र एक लाखभन्दा बढी सदस्य आबद्ध छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।