चुमन बस्नेत
घरभित्रै गाडेको अवस्थामा भेटियो पुरुषको शव
आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार एक पुरुषको शव विराटनगरमा फेला परेको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय सत्यराम चौहानको शव उस सुत्ने खाट नजिकै खाल्डो खनेर गाडेर पुरेको अवस्थामा बुधबार साँझमा फेला परेको प्रहरीले जनाएको छ ।
श्रीमतीको योजनामा प्रेमीसँग मिलेर हत्या
शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
औषधि व्यवसायीको मृत्यु, श्रीमती र साथी अनुसन्धानको घेरामा
विराटनगर–१० मा औषधि व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको शनिबार राति मृत्यु भएको छ । दुलालको मृत्यु भएको घटनालाई प्रहरी शंकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीको इटहरी–१२ खनार स्थायी घर भएका दुलाल विराटनगर–१० मा डेरा गरी बसेको र सोही घरबाटै माँ पाथीभरा फर्मा नामबाट औषधिको थोक कारोबार गर्दै आएका थिए । डेरा लिएको घरमा दुलाल, उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) र ८ वर्षीय छोरासहित बस्दै आएका थिए ।
बलात्कार आरोपमा लिम्बू पक्राउ
मोरङको उर्लाबारीबाट प्रहरीले एक जना युवकलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बूले बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझमा पक्राउ गरेको जनाएको छ ।
उपचारमा संलग्न स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका ७५ जना स्वास्थ्यकर्मीकर्मीको टोली क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे सो टोली क्वारेन्टाइनमा बसेको हो ।
ज्वरो र उदयपुरेदेखि अस्पताल त्राहिमाम
विराटनगरका अस्पतालमा ज्वरो आएर जचाउन जाने र उदयपुरबाट विभिन्न समस्या परेका आएका बिरामीलाई कोरोनाको आशंका गरी डाक्टरले नहेरिदिँदा बिरामीको मृत्युसमेत हुने गरेको छ ।
Loading...