भीम चापागाईं
शुल्क वृद्धिविरुद्ध यातायात व्यवसायी आन्दोलित
स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गर्दै इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन नछाड्ने जनाएका व्यवसायीले बिहीबार इलाम बजार (सदरमुकाम)मा सवारी साधन चल्न दिएनन्।
जिटिएमा ‘गोर्खाल्यान्ड’बासीको असन्तुष्टि चुलिँदै
भारतको दार्जिलिङलगायत पहाडी क्षेत्रमा सरकारले विभिन्न जाति विकास बोर्ड गठन गरेपछि नेपालीभाषी राज्य सरकारप्रति रुष्ट बन्दैछन्। गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)मा पनि सरकारले पटक–पटक हस्तक्षेप गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले गम्भीर असन्तुष्टि जनाएपछि त्यसको लहर जनस्तरसम्म पुगेको छ।
‘फरार’ अहेव साह पक्राउ
युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेर ‘फरार’ स्वास्थ्यकर्मी उमेश साह पक्राउ परेका छन्। सप्तरीको औरही गाविस–२ घर भएका ३८ वर्षे साहलाई जिल्ला अस्पताल परिसरबाट आइतबार पक्राउ परिएको प्रहरीले जनाएको छ ।
१ कप चिया बनाउँदा ७ ग्राम कार्बन !
चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ ।
न्याय त्यागेर शान्तिको आस
दशकको सशस्त्र द्वन्द्वपछि देश शान्तिप्रक्रियामा फर्किएको दशकै बितिसकेको छ। यो अवधिमा देशभरका द्वन्द्वपीडित आर्थिक, सामाजिकलगायत न्याय खोजिरहेका छन् । तर, जिल्लाका द्वन्द्वपीडितले भने दोषीमाथि ‘सांकेतिक कारबाही’सम्म गरिदिए पीडितलाई न्याय अनुभव हुने र मेलमिलापतिर लाग्न सकिने ‘ग्रिन सिग्नल’ दिएका छन् ।
पशुपतिनगर हुँदै दिल्लीसम्म लागूऔषध
भारतीय सीमावर्ती पशुपतिनगर गाउँ विकास समितिबाट प्रहरीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ । १८ किलो चरेससहित ३ व्यक्तिसमेत पक्राउ परेका छन् ।
१८ किलो चरेससहित ३ पक्राउ
जिल्लाको पशुपतिनगरबाट प्रहरीले सोमबार १८ किलो लागूऔषध चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय सीमानजिकै पशुपतिनगर–४ फाटकबाट प्रहरीले भारतीय गाडीमा रहेका उनीहरूलाई गाडीसहित पक्राउ गरेको हो ।
गोलियाका ट्रकमाथि वनको अनुसन्धान
प्रहरीले मेची राजमार्गका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका रुखका गोलिया बोकेका ट्रक चालकसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ । ‘प्रक्रिया नपुर्याइ’ गोलिया निकासी गर्न लागेको भन्दै शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएका २० मध्ये ७ ट्रक र ६ चालक आइतबार वन कार्यालयमा बुझाइएको हो।
Loading...