रितेश त्रिपाठी
अपहरणकारीको कब्जाबाट भागेर जोगिए रामऔतार कुर्मी
–पर्साको जिगँना हरपुर गाविसबाट आइतबार साँझ अपहरणमा परेका बीरगन्ज उपमहानगपालिका –२७ रामगढवाका ६५ वर्षीय रामऔतार कुर्मी अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्।
योगमय होइन, नेतामय बन्यो वीरगञ्ज
योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन्।
देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ, पारित पनि हुन्छ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संसोधन प्रस्ताव पारित पनि हुने दाबी गरेका छन्। वीरगन्जमा आइतबार बिहान नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधामन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनमा प्रमुख प्रतिपक्ष एमालेले पनि साथ दिने विश्वास लिएको बताए।
१० वर्षे बालकको शव फेला, हत्याको आशंका
दसैंको माहोलमा मानिसहरु रमाइरहेका बेला वीरगन्ज राधेमाई टोल बस्ने बिनोद पटेलका १० बर्षे छोरा राजनको हत्या भएपछि उनको परिवार शोका डुबेको छ। वीरगंज चिनी कारखाना आवास क्षेत्रपछाडि बिहीबार विहान राजनको शव फेला परेको छ।
संविधान संशोधनकालागि सबै पक्षसँग छलफल जारीः शान्तिमन्त्री
शान्ति तथा पुननिर्माण मन्त्री सितादेवी यादवले मधेसका माग सम्वोधनकालागि संविधान संशोधन गर्न सरकार अघि बढिसकेको बताएकी छन्। उनले यसका निम्ति मधेसी मोर्चा र अन्य दलसँग सहमतिका लागि छलफल भइरहेको बताएकी छन्।
नक्कली भनिएका चिकित्सकलाई सफाइ
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।
लुटेरा गिरोह पक्राउ
–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।
वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात
वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।
नौ करोडको लागतमा कानको अस्पताल बन्दै
नका बिरामीलाई लक्षित गरी वीगन्जमा आधुनिक अस्पताल बनाउन सुरु गरिएको छ। करिव नौ करोड रुपैयाँको लागतमा वीरगन्ज –१७ बहुअरीमा ‘रुङ्टा वेलफेयर कान उपचार केन्द्र’को निर्माण सुरु गरिएको इम्पेक्ट नेपालका महासचिव डाक्टर बिमल सिन्हाले बताए।
Loading...