रितेश त्रिपाठी
नौ ठेकेदार कम्पनीलाई कारवाही सिफारिस
प्रदेश सरकारले पर्साका सामुदायिक स्वास्थ्य संस्थाको नयाँ भवन निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही सुरु गरेको छ।
सन्तानकाे दीर्घायुका लागि ‘जिउतिया’
कुल खन्दानभित्र परलोक भएका महिला पुर्वजहरुको सम्झनामा मनाइने ‘जिउतिया’ अर्थात ‘जीवितपुत्रिका व्रतु आइतबार आस्थापूर्वक मनाइएको छ। सन्तुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइने जिउतीय मातृहरुको आत्माको शान्ति र सम्मानमा मनाइने जिउतीया पितृपक्षभित्र महिलाहरुद्वारा मनाइने एउटा पर्व हो।
अलमल हटाउन ‘बल्क’बाट सुरुवात
ठूलो आकार र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुनसक्ने मानिएको छ।
नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत
कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।
विशाखापट्नमको विकल्प धमरा बन्न सक्ने
नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।
घट्यो ‘बल्क कार्गो’ आयात
एक पटकमा एकै किसिमको मालसामान डेलिभरी लिएर आउने ‘बल्क कार्गो’का लागि पनि सिर्सियास्थित सुक्खा बन्दरगाह उपयोग हुँदै आइरहेको छ। ‘राजस्व आम्दानीको स्रोत’ र ‘देशमा उत्पादनशीलताको चिनारीका रुपमा कच्चा पदार्थको आयात’ दुवैसँग जोडेर महत्वपूर्ण मानिएको बल्क कार्गोमा कमी आउनुलाई अर्थतन्त्रका लागि प्रतिकूल मानिएको छ।
तेस्रो मुलुकसँगको व्यापार
नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।
व्यवस्थापनमा व्यापक सुधार
कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’।
रक्साेलबासीद्वारा नेपालतर्फकाे रेल्वे ढुवानीमा अवराेध, प्रदुषण राेक्न माग
आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानीमा अवराेध गरेका छन्। तर, सडकमार्गबाट हुने ढुवानी भने सुचारू छ। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच रहेको प्रदुषण सम्बन्धी बिवादको चपेटामा नेपाली आयात परेपछि आयातकर्ता चिन्तित बनेका छन्।
Loading...