मिथिलेश यादव
भारतबाट फर्केकालाई आरडिटीको भरमा घर पठाइदै
सोमबार प्रदेश २ मा एक सय ७१ जना संक्रमित थपिएर संख्या दुई हजार १ सय ८२ पुग्दा सिरहाको कल्याणपुर नगरपालिकामा चार जना थपिएर संख्या ६८ पुगेको छ ।
संक्रमितको बढ्दो ग्राफ, भरिँदै आइसोलेसन बेड
प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८०६ पुगेको छ । शुक्रबार दिउँसो थप दुई सय चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८०६ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रसाशक विजयकुमार झाले बताए ।
कोभिड अस्पतालबाट २० जना डिस्चार्ज, १२ जना भर्ना
सिरहाको विभिन्न स्थानबाट कोराना संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना संक्रमणमुक्त भइ घर फर्केका छन् । सिरहामा पहिलो पटक कोरोना पराजित गरेकाहरूलाई जिलाका स्वास्थ्य तथा सुरक्षा प्रमुखहरू पुष्प गुच्छा दिएर अस्पतालबाट बिदा गरेका थिए ।
आरडिटीको भरमा क्वारेन्टिनबाट डिस्चार्ज गरिएका युवक आइसोलेसनमा
जेठ २१ गत्ते क्वारेन्टिनबाट घर फर्केका एक युवकमा स्वास्थ्य समस्या देखिएपछि आइतबार प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरको प्रिआइसोलेसनमा कक्षमा भर्ना भएका छन्। क्वारेन्टिनमै शरिर दुख्ने, घाँटी दुख्ने समस्या देखिएपनि आरडिटी नेगेटिभ भएको भन्दै उनलाई घर पठाइएको थियो ।
‘संक्रमितको उपचारमा कुनै कमी हुन दिन्न’
कोरोनाको संक्रमण उच्च भएपछि आइतबार प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतले प्रदेशवासीका नाममा सम्बोधन गरेका छन् । त्यसक्रममा उनले कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचार प्रभावकारी बनाउन सरकार दिलोज्यान दिएर लागिपरेको बताएका छन् । प्रदेशका विभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिरहाका संक्रमित मलेसियाबाट फर्केका
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ माैवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँचदिन अघि उनकाे स्वाब सकलन गरिएकाे गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
भाारतमा रेलसेवा सुरु भएसँगै स्वदेश फर्कने क्रम बढ्यो
सीमावर्ती भारतीय सहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न सीमावर्ती क्षेत्रका पालिकाहरूले भएको क्वारेन्टिनको क्षमता बढाउँदै छन् । महोत्तरीको लजेश्वर नगरपालिकाले यहाँको क्याम्पसमा ३० शड्ढयाको क्वारेन्टिन निर्माण गरेको छ । बुधबार दिउँसोसम्म यहाँ ९ वटा शड्ढया खाली थिए ।
कोरोना भाइरस पत्ता लगाउन ‘पुलिङ टेष्ट’
लकडाउनसँगै सरकारले कोरोनाको परीक्षणको दायरा समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताउँदै आएका छन । परीक्षणको दयरा बढाउँदा आवश्यक उपकरण, रसायण र अन्य सामग्रीको खपत समते बढ्न जान्छ । परीक्षणका लागि आवश्यक सामग्रीको विश्वव्यापी अभाव भैरहेको बेला नेपालमा समेत अभाव छ ।
प्रदेश २ मा संक्रमितको संख्या ७२ पुग्यो
प्रदेश २ म एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
Loading...