मिथिलेश यादव
सिरहामा पनि समुदायमा भेटिए संक्रमित
शनिबार सिरहामा थपिएका पाँच जना संक्रमित मध्ये दुई जना समुदायमा बस्दै आएको पुरुषमा कोरोना पुष्टि भएको छ । सिरहा नगरपालिका–१६ पुरुष राजनीतिकर्मी र लहान नगरपालिका–८ का पुरुष स्वास्थ्यकर्मीसहित तीन जना क्वारेन्टिनमा रहेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि
बु्धबार ६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगैै प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ५ सय ४४ पुगेको छ ।
बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा सिल
सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अकास्मिक कक्षमा भर्ना एक विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिष सेवन गरी उपचारार्थ भर्ना भएका तीलाठिकोईलाडि गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।
प्रदेश २ मा कोरोनाले लियो सात जनाको ज्यान
कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मडही गाउँका ६४ वर्षीय पुरुषको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ ।
रातु खोलाले बगाएर एक जना बेपत्ता
महोत्तरीको रातु खोलामा आएको बाढीले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् । महोत्तरीको भंगाहा नगरपालिका–६ का ४० वर्षीय वीरेन्द्र कापर साइकलसहित खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएको महोत्तरी प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।
कोरोना संक्रमित मृतकको परिवारै संक्रमित, घर बन्यो आइसोलेसन केन्द्र
कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिक परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नायब सुब्बा घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्ने नासु कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो ।
डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी
मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । मंगलबार दिउँसो थप एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको प्रदेश २, सामाजिक विकास मन्त्रालयका सचीव रामप्रसाद घिमिरेले बताए ।
Loading...