प्रजातन्त्र कत्तिको दीगो ?
ओलीले राणा शासन कायम गर्न खोज्नु गलत थिएन। किनभने नेपालमा चल्ने र चल्न सक्ने शासन व्यवस्था राणा शासन या शाह शासन हो। प्रजातन्त्र न कहिले चल्यो न कहिले चल्न सक्छ। ईतिहासले देखाएको छ नेपालमा यी दुई किसिमका शासन पद्धति मात्र सफल भएको छ। एउटा शाह राजाहरुको शासन र अर्को राणाहरुको शासन। शाह वंश आउनु अगाडि पनि शाहहरु कै जस्तै शासन चलि आएको थियो। देशलाई चाहिने अस्मिता र विकास हो।
नरसिंह अवतारको पर्खाइ
के आजको स्थिति कतैबाट पनि पार नलाग्ने हो? नरसिंह अवतार नै प्रकट हुनुपर्ने? अरू उपायबाट नहुने?
चाहियो एउटा कुकुर मन्त्रालय
कुकुरको उपयोग हालै थाइल्यान्डमा कुनै मानिसमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन उपयोग भइरहेको खबर छ। कोरोनाको संक्रमण भएको मानिसअगाडि कुकुर थपक्क बसिदिन्छ भन्ने खबरमा उल्लेख छ। नेपालमा पनि यस्तै कुकुर आवश्यक छ।
सम्झनामा साफल्य
साफल्य अमात्य एक गम्भीर सोधकर्ता र सोचकर्ता थिए। उनी कुनै पनि विषयमा अपर्झट नभइ खोज गरेर तथ्य फेला पारेपछि मात्र आफ्नो अवधारणा राख्ने गर्थे।
त्यो बेला र यो बेला
रामायणमा त्यो बेला अन्योल थियो । रावणद्वारा सीता हरण भइसकेको थियो । राम र लक्ष्मण सुग्रिवसित थिए । सुग्रिवले आफ्ना सबै बाँदर सेनालाई सीताको खोजी गर्न चारै दिशा पठाइसकेका थिए । हनुमान, जाम्बवान र अंगद भएको टोली दक्षिण दिशातिर लागेका थिए । समुद्रको किनार आइपुग्यो । तर सीताको पत्तो लागेन ।
यो संविधान किन चल्दैन ?
यो संविधानको नियति नै नचल्ने हो । पहिलो संकेत पहिलो संविधान सभाले दिएको थियो । यसले संविधान बनाउनै सकेन । दोस्रो संविधान सभाले जुन दिन घोषणा गर्यो उसै दिन यो जलाइयो । त्यसपछि यसले दुई तीन दर्जन नेपालीको ज्यान लियो ।
के त्यस्तो पनि दिन थियो ?
कुनै यस्तो पनि दिन थियो जब नेपाली भारतीय भन्दा धेरै स्वावलम्बी र उच्च सम्मानका थिए । त्यसको मुख्य कारण नेपाल एक स्वतन्त्र देश थियो तर भारत २०० वर्षसम्म अंग्रेजको अधीनमा रह्यो । नेपाल, नेपाली शासक र नेपालीले स्वतन्त्र निर्णय गर्न पाउँथे । तर भारत र भारतीयहरूको बारेमा बेलायत, बेलायती सरकार र भारतमा रहेको बेलायती सरकारले निर्णय गथ्र्याे ।
नेपाली : को र कता?
नेपालका नेपालीले संसारका सबै नेपालीको एकता, सामीप्यता र उन्नतिका लागि ठाउँ बनाउनुपर्छ । नेपालको संविधानले राजनीतिक अधिकार छाडेर अरू सबै अधिकार पाउने गरी प्रवासी नेपालीलाई नेपालको नागरिकता दिने भनेको छ । यस अधिकारअन्तर्गत नेपालीले नेपालमा केही सम्पत्ति, आवागमन र बसोबास गर्न पाउने छन् । यसले विश्वका नेपालीबीच एकता, सामीप्यता र उन्नतिमा सहभागिता बढ्नेछ ।
नयाँ राजनीतिक मोड
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै कुरा बुझ्न सकिएको थिएन । तर, नेपाल कम्युनिस्ट पार्टीको झगडा सुरु भएदेखि उनी को हुन् कस्ता हुन् भनेर धेरै सुन्न र बुझ्न पाइयो । उनको हातमा आजको दिनमा जुन सत्ता छ त्यसबाट सबभन्दा धेरै उनकै साथीहरू तर्सिएका रहेछन् । त्यो सत्ताले के के गर्न सक्दोरहेछ भनेर अनेक चेवाचर्चा गरेको उनका पुराना साथीभाइबाट सुनिन्छ ।
Loading...