मोनिका मल्ल
घरमै कृत्रिम पोखरी बनाइ छठपूजा (फोटो फिचर)
कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
'हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा'
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
मास्क सडकमै !
कोभिड–१९ को संक्रमणबढेसँगै मास्क र ग्लोभको प्रयोग गर्नेको संख्या पनि बढेको छ। मास्क र ग्लोभ प्रयोग गरेपछि उचित व्यवस्थापन नगर्दा शहरहरुमा झन जोखिम बढेको छ। प्रयोग गरिसकेका मास्क र ग्लोभ उचित ब्यवस्थापन नगरी जथाभावी फ्याक्दा शहरमा झन जोखिम बढेको हो।
‘ई’ को समर्थनमा प्रदर्शन
सोमबार बसन्तपुर दरबारमा ‘ई’ को समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । उनीहरुले ‘अत्ति भो’, ‘लाचार नबन सरकार’ लगायतका नाराहरू लेखिएका पम्प्लेट देखाउँदै प्रदर्शन गरेका थिए । पिसिआर जाँच, क्वारेन्टिनको गुणस्तर बढाउन र युवाहरूको सत्याग्रहलाइ समर्थन गर्दै भएको शान्तिपुर्ण प्रदर्शन गरेका थिए ।
नागरिकता विधेयक विभेदकारी भएकाे भन्दै जनता समाजवादीको प्रदर्शन
नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदर्शन गरेको छ । जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।
पानीको मुहानहरु सफा गर्दै
सिथि नख: को दिन नेवार समुदाय मा ढुङ्गे धारा, इनार , पोखरी ,कुवा आदि पानी को मुहानहरु सफा गर्ने चलन रहेको छ। यस दिन पानी को मुहान सफा गर्दा बर्ष भरी पानी को अभाव नहुने बिश्वास गरिन्छ। इनार सफा गरेपछी कसैले नहेरुन भनेर छोपिन्छ र चार दिन पछि पुजा गरेर मात्र फेरि प्रयोग गरिन्छ। साँखुमा इनार सफा गर्दै स्थानीय।
Loading...