मोनिका मल्ल
मौसम खुलेपछि हाँसेको हिमाल (फोटोफिचर)
केही दिनयता बर्षा भएपछि काठमाडौं उपत्यकाको मौसम खुलको छ। धुम्म बनेको वायु मण्डल बिगत केही दिनदेखि सफा भएको छ।
रंगहरुको पर्व होली मनाइँदै (फोटो फिचर)
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।
काठमाडौँ उपत्यकाको तुवाँलो आइतबारसम्म रहने (फोटोफिचर)
शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो।
वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व (फोटोफिचर)
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।
प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)
प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।
थुम्कै थुम्काको सुन्दर शैलुङ्ग (फोटोफिचर)
'शैलुङ्ग' तामाङ्ग भाषामा नामाकरण गरिएको उक्त नाम 'सै' को अर्थ सय र 'लुङ्ग'का अर्थ थुम्का हो । अर्थात् थुम्कै थुम्काहरूको स्थान हो शैलुङ्ग । काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पदर्छ यो अति नै सुन्दर पर्यटकीय तथा धार्मिक स्थल शैलुङ्ग । समुन्द्री सतहबाट ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लको दक्षिण पश्चिममा अवस्थित रहेको छ । महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो टाकुरा हो शैलुङ्ग ।
यसरी बनाइन्छ योमरी (फोटो फिचर)
काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरी बनाउने गरिन्छ। संस्कृतिविदहरु योमरि बनाउनु भनेको लक्ष्मी भित्र्याउनुको संज्ञा दिन्छन्।
प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ।
राजसंस्थासहित हिन्दुराष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
Loading...