रासस रासस
समाज Clock | रासस १ मिनेट पाठ
चिठ्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ
सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | रासस १ मिनेट पाठ
दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु
दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | रासस १ मिनेट पाठ
सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु
अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।
Whatsapp
शिक्षा Clock | रासस १ मिनेट पाठ
एसइइको नतिजा प्रकाशन कार्यविधि जारी
कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
Whatsapp
प्रविधि Clock | रासस १ मिनेट पाठ
अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री मोरिसनको भनाइ
‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | रासस २ मिनेट पाठ
‘पश्चिमी मुलुकलाई तालिवान समूहबाट खतरा नहुने’
अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशंकाको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | रासस १ मिनेट पाठ
हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय
चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।
Whatsapp
कला/साहित्य Clock | रासस १ मिनेट पाठ
प्रतिलिपि अधिकार ऐन संशोधन विधेयक स्वीकृत
प्रतिलिपि अधिकार उल्लंघनमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्नेगरी प्रतिलिपि अधिकार ऐन संशोधन विधेयकको प्रस्ताव स्वीकृत भएको छ । बिहीबार राष्ट्रियसभाको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
Whatsapp
अर्थ Clock | रासस ३ मिनेट पाठ
पर्यटन बोर्ड खारेज गर्न निर्देशन
कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानुनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष निकाल्दै खारेज गर्न निर्देशन दिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस