'लिपुलेक र कालापानी नेपालकाे नक्सामा छैन भन्ने सांसदलाई कारबाही गरियाेस्'
नेपाल कम्युनिस्ट पार्टीकी नन्दा चपाईंले राष्ट्रियसभाको आज बसेकाे बैठकमा लिपुलेक नेपालको नक्सामा छैन भन्ने सांसदलाई किन कारबाही हुँदैन भनेर प्रश्न उठाएकी छन् । उनले नेपालको नक्सामा लिम्पियाधुरा र कालापानी छैन भन्ने सांसदलाई यथाशीघ्र कारबाही गर्नुपर्ने बताएकी छन् ।
संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेस भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ ।
बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी
प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।
सिद्धार्थको क्रीडास्थल विश्वसम्पदा सूचीतिर
शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । संघीय सरकारले नीति तथा कार्यक्रममा तिलौराकोटलाई सम्पदासूचीमा राख्न पहल गर्ने उल्लेख गरेपछि यसलाई साकार रुप दिन जिल्लावासी जुर्मुराएका छन् ।
आजको आवश्यकता : नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन
कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।
बजेटमा सञ्चार : सदनमा चिरफार
‘अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिने उल्लेख छ तर त्यस्तो विज्ञापन सरकारको गुणगान गाउने अनलाइनलाई मात्रै हो या साँच्चिकै पत्रकारिता गर्ने अनलाइनलाई पनि हो ?’
शनिबार ३२ जनाले कोरोनालाई जितेर फर्के
कोभिड- १९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएका छन् । आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।
कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८७
आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के
कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Loading...