महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन
कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।
कोरोनाको खोप नबन्दासम्म मास्क र सामाजिक दुरी अपनाऔँ : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए ।
पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ
विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ ।
बन्दाबन्दीकोे समयमा १ सय ९ बलात्कारका घटना
बन्दाबन्दीको समयमा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन्
खोलाले बगाएर युवतीको मृत्यु
खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
महामारीका कारण लागुऔषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा
कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।
आइसोलेसन कक्षमै जन्मियो शिशु
धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।
अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने
अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।
बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना
महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।
Loading...