पुष्पराज जोशी
हटेन सीमाको काँडेतार
कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा तीन किलोमिटर क्षेत्रमा माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडेतार लगाएको थियो।
प्रादेशिक अस्पताल ‘माफिया’ चंगुलमा
११ औं तहको डाक्टरलाई मेसुबाट हटाएर १० औँ तहका सातजनालाई पन्छाई नवौं तहका पनि जुनियर अर्याललाई मेसु बनाउने अन्तिम तयारी मन्त्रालयले गरिरहेको छ।
प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब
अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेका दुवै सीमास्तम्भ गायब गर्नेबित्तिकै १९४ नम्बरबाट १९७ नम्बरको सीमास्तम्भमा नक्सा कोर्दा प्यारातालसहित दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले सोे क्षेत्रमा भारतीयको नजर लागेको छ।
सर्वसाधारण आक्रोशित
नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
फेरिदैं देउसी भैलो
तिहारमा खेलिने दलो गीत फेरिदैं गएको छ। साहित्यकार डा. बद्री शर्मा बिनाडीलाई अहिलेका देउसी भैलोे मनपर्दैन्। भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा -याप गीत लगाएर नाच्ने संस्कृति विस्तार हुँदै जाँदा देउसी भैलोको रौनकतामा परिवर्तन आएको छ।
Loading...