ध्रुव दङ्गाल
दैनिक तीन सय टन चिनियाँ स्याउ आयात
फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्ष्य गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।
तातोपानीबाट भेडाच्यांग्रा भित्रिन थाले
उत्तरको तातोपानी नाकाबाट दसैं–तिहारका लागि भेडाच्यांग्रा नेपाल भित्रिन थालेका छन्। एक साता कारोबार बन्द भएर शुक्रबार व्यापार खुलेकै दिन तिब्बतबाट भेडाच्यांग्रा भित्रिएका हुन्।
तातोपानीबाट एक साता आयात रोकिने
चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।
मेलम्ची आयोजना विरुद्धको आन्दोलन स्थगित
पूर्वठेकेदार इटालियन कम्पनी सिएमसीसँग काम गर्दा पाउनुपर्ने बक्यौता रकम माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध आपूर्तिकर्ता, कर्मचारी र मजदुरले महिनादेखि थालेको आन्दोलन स्थगित भएको छ। आपूर्तिकर्ता/कर्मचारी र खानेपानी मन्त्रालयबीच आउँदो दुई महिनाभित्र समस्या समाधान गर्ने सहमति भएपछि उनीहरुले त्यतिञ्जेलसका लागि आन्दोलन रोकेका हुन्।
भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन
तीन वर्षअघिको बिनासकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यावसायिक उत्पादन थाल्ने जनाएको छ।
तातोपानी नाकाकाे कारोबार सुधारतर्फ
चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट यो वर्ष दसैं, तिहारलगायत चाडबाड लक्षित सामग्री पर्याप्त मात्रामा आयात नहुने देखिएको छ। नाकाबाट तयारी पोसाक (लत्ताकपडा) भित्रिन थाले पनि आयात व्यापार अझै उल्लेख्य बढ्न सकेको छैन। नाकाबाट हुने चिनियाँ सामग्रीको आयातमा क्रमिक सुधार आइरहे पनि त्यो पर्याप्त देखिँदैन।
Loading...