रेखा भुसाल
लुम्बिनीमा भ्रमण वर्षको तयारी शून्य
बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार अघिल्तिरको सडकमा जमेको फोहोर पानी। यो सडक भत्काएको तीन महिना भयो। पानी पर्दा हिलेपानी गन्हाएर पर्यटक नाक थुन्दै भित्र पस्छन्। घाम लाग्दा धुलो उडेर बसी नसक्नु हुन्छ।
ढुक्क भएर लगानी गर्नुस् : दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।
भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा
बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ।
दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने
नदी, खोला र जंगल नै डम्पिङ साइडको रुपमा प्रयोग भइरहेको प्रदेश ५ मा सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी ऊर्जा उत्पादन गर्ने भएको छ। नदी, खोला, जंगल डम्पिङ साइटको रुपमा प्रयोग भइरहँदा वातावरण प्रदुषण बढेपछि सरकारले फोहोरको वैज्ञानिक प्रयोगसहितको व्यवस्थापन योजना बनाएको हो।
लगानी आकर्षित गर्न छुटैछुट
रुपन्देहीको तिलोत्तमा बिहीबार हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न असोज ९ गते गर्न लागिएको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। काठमाडौं बाहिर स्थानीय तहले गर्न लागेको यो पहिलो लगानी सम्मेलन हो।
पर्यटकीय नाकामै सास्ती
भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।
रोकिएन चेलीबेटी बेचबिखन
सबै कुरा दलालको योजना अनुसार भएको भए रसुवाका दुई युवती अहिले बेलहिया नाका कटेर भारतका कोठीमा पुगिसक्थे, या भारतको बाटोहुँदै खाडी मुलुक। अभाव र गरिबीबाट मुक्ति पाउने आशमा दलालले देखाएको प्रलोभनमा परेका रसुवा कत्लाङका ती युवतीलाई सीमा कटाउनै लाग्दा माइती नेपालको सक्रियतामा बैशाख १६ गते उद्दार गरियो। १९ र २० वर्षका युवतीलाई फकाउन दलाले तीनकै मामा पर्ने गोम्बोको सहयोग लिएका थिए।
Loading...