राजु अधिकारी
वीपी प्रतिष्ठानलाई मुख्यमन्त्रीको निर्देशन 'समन्वयमा काम गर्नुस्, क्षमता बढाउनोस्'
कोभिड कहरका बेला वीपी प्रतिष्ठान धरान र प्रदेश १ सरकारबीच समन्वय नभएको गुनासो प्रदेश सरकारका अधिकारीले बारम्बार गर्दै आएका छन्।
विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु
विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
प्रदेश १ मा कोरोना कहर : थपिए ८६ संक्रमित
प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ ।
सीमाको तस्करीधन्दा र निर्वाध आउजाउले फैलायो महामारी
सीमा क्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ । उद्योगधन्दाहरुमा काम गर्न आउने भारतीय मजदुरको अनियन्त्रित हिँडडुल रोकिएको छैन । दैनिक सयौंको संख्यामा भारतबाट भित्रने यातायातकर्मी सुरक्षा सतर्कता बेगरै नेपालका गाउँसहर चहारिरहेका छन् । आश्चर्य के छ भने तीन वटै तहका सरकार यी सबै दृश्यका लाचार दर्शक बनेका छन् ।
प्रदेश १ : ९५ संक्रमित थपिए , हालसम्म १०७५ संक्रमित निको
प्रदेश १ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार पनि ९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा मोरङमा सबैभन्दा धेर ६२ जना छन् । यो सँगै प्रदेशमा संख्या १ हजार ८ सय २१ पुगेको छ भने एक हजार ७५ जना कोरोनामुक्त बनेका छन् ।
विराटनगरमा कोरोनासँग मिल्ने लक्षण भएका एक पुरुषको मृत्यु
विराटनगरमा बिहीबार कोरोनासँग लक्षण मिल्ने एक जना विरामीको मृत्यु भएको छ।
कोरोना कहरः उपचार व्यवस्थित गर्न स्थानीय तहलाई प्रदेशको रकम
कोरोना संक्रमण दर उच्च भएर जोखिम बढिरहेका बेला प्रदेश १ सरकारले स्वास्थ्य संरचना सुधारका लागि स्थानीय तहहरुलार्ई रकम उपलब्ध गराएको छ।
प्रदेशमा १ मा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार प्रदेश १ मा ११५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो।
प्रदेश १ मा कोरोना कहरः विज्ञको सुझाव लत्याउँदा बढ्यो खतरा
कोरोना जोखिममा रहेकाहरुको तथ्यांक संकलन गरेर सतर्कता अपनाउन विज्ञहरुले बेलैमा दिएको सुझावलाई स्थानीय र प्रदेश सरकारले बेवास्ता गर्दा प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।
Loading...