यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।
समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।
थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।
अघिल्लो निर्वाचनको तुलनामा झन्डै १ हजार ५ सयले बदर मत घटेको देखिनु मतदाता सचेतना र मतदान प्रक्रियाबारे बढ्दो बुझाइको संकेतका रूपमा लिइएको छ। जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्ष) तर्फ कुल १६ हजार १९ मत खसेको थियो। तीमध्ये १५ हजार ५ सय ६ मत सदर भएका छन्, भने ५ सय १३ मत बदर भएका छन्।
समानुपातिकतर्फ भने १६ हजार ५ सय ४४ मत खसेको थियो। त्यसमध्ये १६ हजार १ सय ३ मत सदर भएका छन्, भने ४ सय ४१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोल्पामा कुल १९ हजार ८ सय ३७ मत खसेको थियो। तीमध्ये १७ हजार ५ सय २१ मत सदर भएका थिए।भने १ हजार ९ सय ९९ मत बदर भएका थिए।
दुई निर्वाचनबीचको तुलना गर्दा २०८२ सालमा बदर मत १ हजार ४ सय ८६ ले घटेको देखिन्छ। जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठका अनुसार मतदाता शिक्षा कार्यक्रमको प्रभाव, मतदान प्रक्रियाबारे बढ्दो जनचेतना तथा मतदान केन्द्रमा गरिएको सहजीकरणका कारण बदर मत घट्न सहयोग पुगेको हो। उनका अनुसार दुर्गम भौगोलिक अवस्थाका बाबजुद मतदातामा मतदान प्रक्रियाबारेको बुझाइ विस्तार हुँदै गएको संकेत यस तथ्यांकले दिएको छ।
यसैबीच डोल्पाबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले निर्वाचन खर्च विवरण पनि सार्वजनिक गर्न थालेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।
नवनिर्वाचित सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले जिप भाडामा ५ लाख, खाना तथा खाजामा १ लाख ९२ हजार, मतदाता प्रशिक्षणमा ९१ हजार, नमुना मतपत्र छपाइमा ९४ हजार, मनोनयन दर्तामा १० हजार र मतदाता नामावली प्रिन्टमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले भने सबैभन्दा बढी १८ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनका अनुसार सवारीसाधन (जिप भाडा) मा ६ लाख २० हजार, नमुना मतपत्र, पोस्टर तथा झण्डामा १ लाख ५० हजार, मतदाता नामावली फोटोकपिमा १० हजार, होटल, खाना, नास्ता तथा बासमा ४ लाख, पेट्रोलमा ५ लाख, मनोनयन दर्तामा १० हजार, मतदाता नामावली प्रिन्टमा ३ हजार तथा होटल त्रिपुराकोटमा खाना, नास्ता र लजमा २ लाख ६ हजार रुपैयाँ खर्च भएको छ।
स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले भने सबैभन्दा कम ३९ हजार रुपैयाँ खर्च भएको विवरण दिएका छन्। उनले मनोनयन दर्तामा १० हजार, पेट्रोलमा ४ हजार, पर्चा–पम्पलेट तथा घोषणापत्र छपाइमा १५ हजार र नास्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले निर्वाचन अवधिमा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। उनले जिप भाडामा १ लाख ५० हजार, पेट्रोलमा १ लाख ५० हजार, होटल त्रिपुरासुन्दरीमा खाना, नास्ता तथा लजमा १ लाख, नमुना मतपत्रमा ५ हजार, नामावली फोटोकपीमा ५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको बताएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले निर्वाचन अवधिभर २ लाख ७४ हजार ९ सय ५० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। उनका अनुसार होटल खानामा १९ हजार ५ सय, कोठा भाडामा १९ हजार, खाजामा १७ हजार ९ सय ५०, नमुना मतपत्र छपाइमा ९० हजार, मतदाता नामावली फोटोकपिमा ६ हजार, मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, सवारीसाधन (जिप भाडा) मा ७४ हजार र पेट्रोलमा ५ हजार रुपैयाँ खर्च भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्य उम्मेदवारहरूले पनि खर्च विवरण पेस गर्ने क्रम जारी छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।