नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्दै आएको वर्ल्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रममार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग र साइबर जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
डिजिटल प्रविधि आजको जीवनशैलीको अभिन्न हिस्सा र आधारभूत आवश्यकता बनिसकेको छ। तर यसको प्रयोगसँगै साइबर दुव्र्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचनाजस्ता जोखिमहरू पनि बढ्दै गएका छन्। विशेषगरी बालबालिका र युवाहरूलाई सुरक्षित तथा जिम्मेवार डिजिटल अभ्यासबारे सचेत गराउनु आजको आवश्यकता बनेको छ।
यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडकी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको नेतृत्व, अवधारणा र योजनाअनुसार विगत केही वर्षदेखि उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको हो। वर्ल्डलिंक स्वयं इन्टरनेट सेवा प्रदायक संस्था भए पनि आफ्नो क्षेत्रसँग सम्बन्धित चुनौती र समस्याहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्दै विद्यालयका विद्यार्थी तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कुरा भण्डारी जालानले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार यो सचेतनामूलक कार्यक्रम हाल विद्यालय तथा समुदायस्तरमा निरन्तर सञ्चालन हुँदै आएको छ। यस अभियानले विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी प्रदान गर्नुका साथै सुरक्षित तथा जिम्मेवार अनलाइन व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।
यसै अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थी यस सचेतनामूलक तालिमबाट लाभान्वित भएका थिए। तालिमपश्चात् विद्यार्थी, शिक्षक तथा अभिभावकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागका आधारमा यस्ता कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो।
समुदायको अनुरोध तथा इन्टरनेटसँग सम्बन्धित जोखिमप्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यसै आर्थिक वर्षदेखि कार्यक्रमलाई थप समुदायमा विस्तार गरिएको छ। यस पहलले समुदायलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार तथा प्रभावकारी प्रयोगतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा, कार्यक्रममा प्रयोग हुने तालिमका विषयवस्तु नेपाल प्रहरीको साइबर ब्युरोद्वारा अध्ययन गरी विद्यालय तथा समुदायस्तरमा प्रयोगका लागि अनुमोदित गरिएको छ। यसले कार्यक्रमको गुणस्तर, विश्वसनीयता र प्रभावकारितालाई थप सुदृढ बनाउने विश्वास रहेको भण्डारी जालानले व्यक्त गर्नुभयो।
समुदायस्तरमा वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला मानव अधिकार संस्था, काठमाडौं महानगरपालिका वडा नं. ९ र १० तथा टोखा नगरपालिकाका सम्पूर्ण वडासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत यस वर्ष समुदायस्तरमा कुल १२ वटा तालिम सत्र सञ्चालन गरिएका थिए। सहभागीहरूलाई जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक ज्ञान तथा अन्तरक्रिया प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले बढ्दो साइबर जोखिम र इन्टरनेटका फाइदाबारे बुझ्न सहयोग पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, "यस तालिमले डिजिटल सुरक्षाका विषयमा हाम्रो ज्ञान बढाएको छ र यसको प्रयोगमा अझ सचेत तथा सही सदुपयोग गर्न प्रेरित गरेको छ।" उहाँले प्राप्त जानकारी आफ्ना परिवारका सदस्य, साथीभाइ तथा समुदायका अन्य व्यक्तिसम्म पनि पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, एक सहभागीले भन्नुभयो, "हामी दैनिक रूपमा सामाजिक सञ्जाल तथा अन्य इन्टरनेट गतिविधिमा संलग्न हुन्छौं। मोबाइलमा सामाजिक सञ्जाल चलाउँदा कतै ठगीमा पर्छु कि भन्ने डर लाग्थ्यो। तर अहिलेसम्म यसका फाइदा र बेफाइदाबारे कसैले पनि यस्ता प्रकारका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिएनन्। सर्वप्रथम, म सहभागीहरूको तर्फबाट वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, मेरो समुदाय र परिवारमा कोही पनि अनलाइन जोखिमको सिकार नपरोस् भन्ने कामना गर्दछु।"
उहाँले यस्ता कार्यक्रममार्फत सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी व्यवहारिक ज्ञानका बारेमा स्पष्ट भएको बताउनुभयो। साथै, अनलाइन ठगी तथा व्यक्तिगत विवरणको सुरक्षाबारे धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्तो कार्यक्रम समुदायका लागि अत्यन्त उपयोगी छ र अन्य समुदायका व्यक्तिहरूलाई समेत लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।
वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्वले डिजिटल समावेशीकरण, डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई थप समुदायमा विस्तार गर्ने योजना रहेको अनुपा भण्डारी जालानले स्पष्ट पार्नुभयो।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेका बेला वर्ल्डलिंक इन्टरनेट एकेडेमी अभियानलाई डिजिटल समावेशीकरण र सुरक्षित अनलाइन संस्कृतिको निर्माणतर्फको एक सार्थक कदमका रूपमा हेरिएको छ। निजी क्षेत्रको सीएसआर पहलले सामुदायिक डिजिटल सशक्तीकरणमा कसरी ठोस योगदान दिन सक्छ भन्ने यो अभियान एउटा अनुकरणीय दृष्टान्त बनेको छ।
मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ। एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन्। त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ। ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ।
त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ। प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ। यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन। तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन्।
मनसुन अफर अन्तर्गत रु. ५० देखि रु. ९९ सम्मको प्याक खरिद गर्ने ग्राहकले ५ % क्यासब्याक पाउनेछन्, रु. १०० देखि रु. २०० सम्मको प्याकमा १० %, रु. २०१ देखि रु. ४९९ सम्मको प्याकमा १५ % र रु. ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० % सम्मको क्यासब्याक रिवार्ड पाउनेछन्।
“ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ। यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने।
“प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ। हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, हाम्रो एप नै एनसेलले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो। हामी हाम्रा ग्राहकहरूले मनसुनको मजा वर्षामा मात्रै होइन, प्रत्येक रिचार्ज मा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ।”
यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो। एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ।
यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।