नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ।
गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ। शुक्रबार उक्त सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदी प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा चाँदी प्रतितोला पाँच हजार ४४५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपालमा सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी तोलामा ३१० रुपैयाँ बढेर तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी सोमबार ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।