स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
सोमबार (आज) सुन एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख नौ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार चाँदी पनि तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला छ हजार ७६५ रुपैयाँमा कारोबार हुँदैछ।
यसअघि आइतबार सुन तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको थियो भने चाँदी छ हजार ४८० रुपैयाँ पुगेको थियो।
स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै तोलामा दुई हजार चार सय २५ रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार तीन सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।