संग्रह
चक्रवातको प्रभाव, हिमपातको सम्भावना
नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा निसर्ग चक्रवात कमजोर हुँदै न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ, जसबाट शुक्रबार देशभर मौसम प्रभावित भयो । चक्रवातको प्रभाव शनिबार पनि रहने मौसमविद्हरूले जनाएका छन् ।
मनाङ र मुस्ताङमा बाक्लो हिमपात (तस्बिर सहित)
हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगमा बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन् ।
डोल्पामा पहिलो पटक हिमपात, जनजीवन कष्टकर
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा वर्षको पहिलो पटक हिमपात भएको छ। बिहीबार रातीबाट परेको अविरल वर्षाका कारण डोल्पामा हिमपात भएको हो। विगतका वर्षहरुमा मंसिरको पहिलो हप्तामै हिमपातले सेताम्य बन्ने डोल्पाका गाउँबस्ती र डाँडाकाडा पुस महिनामा समेत हिउँ नपरेर नाङ्गा र सुख्खा भएर उजाड देखिएका बेला माघको अन्त्यतीर परेको हिमपातले डाँडाकाडा सेताम्य भएका छन्।
खप्तडमा पनि हिमपात
ससाना थुम्का भएका पाटन । पाटनको भुइँमा सेतो गलैंचा ओछ्याएझैं सेताम्य हिउँ । प्राकृतिक हिमगलैंचा नजिकैको घना जंगलका रूखहरूसमेत सेताम्य हिउँले ढाकिँदा उसै त सुन्दर ठाउँ अझै आकर्षक बनेको छ । यो मनोरम दृश्य भू–स्वर्गका रूपमा चिनिने खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि खप्तड हिउँको घुम्टोले छोपिएको हो ।
ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित
अहिले करिब एक फिटसम्म हिउँ जमेको छ।' सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए। उनले भने, 'चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ।' जनजीवन निकै प्रभावित भएको उनले बताए।
मुस्ताङमा हिमपात
गएरातिदेखि मुस्ताङमा हिमपात सुरु भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्।