संग्रह
डुबान र बाढीको पिडामा छट्पटाउदै सुस्ता
नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा बाढीमै बगे ।
बाढीले मनाङमा एकअर्का गाउँबीच सम्पर्क बिच्छेद
भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ ।