संग्रह
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी
प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले बताए ।
प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य
प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। आइतबार रातीदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।
प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए
प्रदेश १ मा बिहीबार १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेर्हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा 'मास्क खै ?' अभियान
प्रदेश १ मा कोरोना संक्रमण रोक्न सवारी चालक तथा यात्रुलाई मास्क र सेनिटराइजरको प्रयोगबारे सचेतना अभियान सुरू भएको छ।
प्रदेश १ मा २ सय ५६ जना संक्रमित थपिए
प्रदेश १ मा बुधबार अढाइ सय जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ को विभिन्न जिल्लामा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा थपिए २ सय ७० जना संक्रमित
मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा थपिए ४ सय १७ संक्रमित, चारको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ भारतीयसहित ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार प्रदेशमा ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
सबै जिल्ला अस्पतालमा उपचारको व्यवस्था गर्न निर्देशन
प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न प्रदेश सभाको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरु गर्न निर्देशन दिएको हो।
कोरोना खोपको दुरुपयोग गरिएको आरोप
प्रदेश १ का मुख्यमन्त्री, मन्त्री र उच्च ओहोदाका अधिकारीहरूले कोरोनाको खोप पहुँचवालालाई मात्रै लगाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
प्रदेश १ मा थपिए ८ सय ९८ संक्रमित
झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।