बालकृष्ण अधिकारी
टिम समेट्न देउवालाई दबाब
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।
अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु
नेपाली कांग्रेसको महाधिवेशन मिति पटकपटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगतै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन्।
भदौमा पनि कांग्रेस महाधिवेशन कठिन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।
ओली सत्ता लम्ब्याउन सक्रियः मन्त्रिपरिषद्मा व्यापक हेरफेर
सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्।
प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत
सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।
अनिश्चित बन्दै कांग्रेस महाधिवेशन
महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा
ओलीको विकल्प दिन कठिन हुने संकेत
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको छ।
ओली हटाउने विकल्प: संसदमा संख्या पुर्याउने वा निर्वाचनबाट विस्थापन गर्ने
विश्वासको मत लिएर निर्वाचनमा जानका लागि सवैधानिक प्रक्रिया मात्र पूरा गरेर मंसिर दोस्रो साता प्रतिनिधिसभाको निर्वाचन गराउने प्रधानमन्त्रीको तयारी । स्वतन्त्र, निष्पक्ष र समयमै चुनाव हुने भए कांग्रेस पनि सकारात्मक।
कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार
‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’
Loading...