रैबार
त्यस दिन उनीहरूकै अगाडि जयमलले नासो खोले। पोकोभित्र कपडाको टुक्रा, कोइला, नुनको ढिको र रातो खुर्सानी राखिएको थियो। यी सबै चिजको अर्थ थियो। कपडाको टुक्राले लगाउने लुगा छैनन्, भएका पनि च्यातिएका छन् भन्ने जनाउँथ्यो। नुन र कोइलाको अर्थ हुन्थ्यो– नराम्ररी छु, तिम्रो लायक भइनँ र मलाई बिर्सनू। खुर्सानीको अर्थ हुन्थ्यो– म अभागिनी तिम्रा लागि खुर्सानीजस्तै पिरो भएँ, तिमीलाई दुःख दिएँ।
कथा : अर्काकी श्रीमती
मेरो डेराबाट उनको कोठाको ऐना प्रस्टै देखिन्थ्यो । सूर्यको किरणमा उनको ऐना टल्किए मेरो कोठाको भित्तामा ठोकिन्थ्यो, जहाँ विभिन्न आकृति देखिन्थे । उनले कपाल कोर्दा या मिलाउँदा कपालको चमकसँगै मेरो कोठा हाँस्थ्यो, एक पल ।
Loading...