संगम घर्तीमगर
दुई पक्षीय झडपमा बागलुङमा दुई जनाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिका—१० दर्लिङमा होलीको सन्दर्भमा झडप हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी कष्णबहादुर पल्ली मगरका अनुसार दुईपक्षीय झडपको क्रममा प्रकाश कुँवर र दिपक दमाईको ज्यान गएको छ।
मुलुककै लामो झोलुंगे पुल उद्घाटन
नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।
‘एकै ट्यावलेट पनि नखाई कोरोना जितियो’
मनकुमारी १५ वर्षदेखि दमको समस्याबाट पीडित छन् । उनमा पछि उच्च रक्तचापको समस्या पनि थपियो । केरोना पुष्टि भएर अस्पताल ल्याएपछि दमसंगै उच्च रक्तचापको पनि औषधी सेवन गर्न थालेकी थिइ्रन । अंशु भने अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना निको भएर अस्पतालबाट घर फर्किन सकिन् ।
जिप दुर्घटनामा १४ को मृत्यु
कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।
ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा नांगिएको बताएका छन्। आइतबार बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विगतमा राष्ट्रवादका चर्को नारा लगाएका प्रधानमन्त्रीले भारतले सिमाना मिच्दा बोल्नसमेत नसकेको आरोप लगाए।
बागलुङमा विज्ञप्तिमार्फत नेकपाका घर्तीकाे बागी फिर्ता
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती चर्चित बने। यो चारदिन सबैको ध्यान शेरमानमै केन्द्रित भयो।
साझा यातायातको बाग्लुङ—काठमाडौं भाडा घट्यो
साझा यातायातले बाग्लुङ—काठमाडौं चल्ने बसको भाडा घटाएको छ। पहिले कायम गरिएको भाडामा २० प्रतिशतले घटाएको साझा यातायात बाग्लुङका संयोजक नारायण पौडेलले बताए।
कालिका मन्दिरमा ६ महिनाको आम्दानी करिब ४७ लाख
यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा यस आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ४७ लाख रुपैयाँ आम्दानी भएको छ। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष राजु खड्काले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको पहिलो वर्षमा ४६ लाख ९८ हजार ८ सय १२ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ।
नक्सापासमा मनपरी गरिएको भन्दै नगर परिषद्मा हंगामा
–घरको नक्सापास गर्दा कार्यालयले मनपरी गरेको भन्दै स्थानीयले हंगामा मच्चाएपछि बाग्लुङ नगरपालिका कार्यालयको २२ औं नगर परिषद बिथोलिएको छ। नगरपालिका कार्यालयले नगरपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा स्थानीयले अवरोध पुर्याएका हुन् ।
Loading...