ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित ६ नेपाली पर्वतारोही सम्पर्कविहीन (नामसहित)
पाकिस्तानस्थित काराकोरम हिमश्रृंखलाको ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन्।
झापा, मोरङ, सुनसरी तथा इलाममा रबरको नर्सरी स्थापना गर्न एनआरएनएको सुझाव
भेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।
नेपाल-बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न, दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
लन्डनस्थित नेपाली दूतावासले “व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन' भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ शुक्रबार दूतावास परिसरमा भव्य रूपमा आयोजना गरेको छ।
नेपाल-बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न प्रयास भइरहेको छ : राजदूत फेन
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको नवनिर्वाचित सरकार देशमा विदेशी लगानी भित्र्याउन सक्दो पहल गरिरहेको बताएका छन्।
बेलायत-नेपाल वार्ता : 'आर्थिक प्याकेज' मा जुटेन सहमति, 'वेलफेयर' मा सकारात्मक
समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्व ब्रिटिश गोर्खा सैनिकहरूको मुद्दाबारे सोमबार भएको मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ।
बेलायत, नेपाल तथा भूपूगोर्खाबीच त्रिपक्षीय वार्ता आज
समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्वगोर्खा सैनिकहरूका मुद्दामा छलफल गर्न आज (सोमबार) मन्त्रीस्तरीय वार्ता हुन लागेको छ।
लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।
एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।
स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग
युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।
Loading...