संग्रह
६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही
चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्।
चाडपर्वसँगै बढ्यो चारपाङ्ग्रेको आयात
वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ।
किन हुन्छन्, चाडपर्वमा ठूला सडक दुर्घटना?
जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, तिव्र गतिमा, लामो दुरीमा एउटै चालक हुँदा चालकलाई थकाइ लाग्नु, क्षमताभन्दा बढी यात्रु राख्दा यात्रु ओरालेर सुरक्षित अर्काे गाडीमा यात्रा गराउनुको साटो ट्राफिक प्रहरीले जरिवाना असल्नु, पुराना सवारीसाधन, सवारीसाधनबीच प्रतिस्पर्धा हुनु रहेको सर्वसाधारणहरू बताउँछन्।
बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ।
भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष
भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट
'उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो', अधिकारीले भने।
यस्तो छ, ‘चाडपर्व लक्षित बजार अनुगमन र सुरक्षा योजना’
वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न सरकारको आग्रह
सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ।
चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्।
‘महँगीले चाडपर्व मान्न धौ धौ’
बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ।