‘आँशु’ कर्णाली
मान्छेका पेटहरु भोकाई रहँदा । बालबालिका अकालमै खेर गैरहँदा । अनि हरेक समस्याको पहिरो हरेक पल गैरहँदा । मान्छेमा केवल दुःख मात्रै नबढ्ने रहेछ । दुःखले थिचिदाँ मान्छेका पनि जरा पलाउँदा रहेछन् । भावनाका लामालामा जराहरु । ति जराहरुमा आशा पलाउँदो रहेछ । निडरता उम्रदो रहेछ । कहिल्यै नथाक्ने बल पलाउँदो रहेछ । अनि त्यहीँ जराका त्यान्द्राहरुले ऊ जस्तोसुकै परिस्थितिमा पनि नढल्ने मुढो बन्दो रहेछ ।
सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी
मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको ।
Loading...